२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ भने ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ रहेको छ । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया