
१ जेठ, काठमाडौं । आज थप १८७ जनाको मृत्यु भए सङ्गै संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ ।
तीमध्ये ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् ।
जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया