×

चीनले पठाएको अन्तरिक्ष रोबोटको मंगल ग्रहमा सफल अवतरण

जेष्ठ १, २०७८ | दाक्सु मिडिया

काठमाडौं । चीनले पठाएको अन्तरिक्ष रोबोटले मंगल ग्रहमा सफल अवतरण गरेको छ । यो सङ्गै चीन सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने विश्वको तेस्रो देश बनेको छ ।

चीनलाई एक ठूलो सफलता दिदै ‘चु रोङ्ग रोभर’ नामक अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ ।

यस महत्वपूर्ण सफलतापछि चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा विशेष सन्देशमार्फत् चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुलाई बधाई दिइएको छ ।

मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा ‘चु रोङ्ग रोभर’ ले अवतरण गरेको छ । युटोपियाबाट यस रोभरले मंगल ग्रहका तस्वीर पठाउने छ ।

चीनले यस रोभरमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेफर्म प्रयोग गरेको छ । चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुले यो मिसनका लागि लामो समयदेखि काम गर्दै आएका थिए ।पृथ्वीबाट मंगलग्रहसम्मको दुरी ३२ करोड किलोमिटर छ । यस हिसाबले चु रोङ्ग रोभरले मंगल ग्रहबाट पृथ्वीसम्म आफ्नो सन्देश पठाउन १८ मिनेटको समय लगाउने बीबीसीको समाचारमा उल्लेख छ ।

मंगल ग्रहमा सफलता हासिल गरेसँगै अब चीनले अमेरिकालाई चुनौती दिएको बीबीसीले जनाएको छ ।हालै चीनले विश्वको पहिलो क्वान्टम उपग्रहलाई चन्द्रमामा अवतरण गराएको थियो । त्यहाँबाट केही नमूना संकलन गर्न पनि चीन सफल भएको थियो । चीनले आफ्नै अन्तरीक्ष स्टेशनसमेत बनाइरहेको छ ।यदि चु रोङ्ग अन्तरिक्ष रोबोटले मंगल ग्रहबाट सूचना संकलन र तस्वीर पठाउन सक्यो भने यो सफलता हासिल गर्ने चीन अमेरिकापछिकै दोस्रो देश बन्ने छ ।

रुसले पनि सन् १९७१ मा मंगल ग्रहमा अन्तरिक्ष रोबोट पठाएको थियो तर सिग्नल टुटेपछि त्यहाँबाट कुनै पनि सूचना हासिल भएको थिएन ।मंगल ग्रहलाई अप्ठ्यारो र चुनौतीपूर्ण पर्यावरणका लागि पनि चिनिन्छ । यहाँ धूलोयुक्त आँधी निकै शक्तिशाली हुन्छ । कुनै पनि अन्तरिक्ष मिसनका लागि यही नै सबैभन्दा ठूलो चुनौती हुने बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: