
सोलुखुम्बु : सोलुखुम्बुमा बुधबार गरिएको एन्टिजेन परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कार्यालयका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिए अनुसार संक्रमण पुष्टि हुनेहरुमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका ४ जना र माप्यदुधकोशी गाउँपालिकाका २४ जना रहेका छन्।
मंगलबार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना पुरुष र १७ जना महिलामा संक्रमण पुष्टि भएको उनले बताए। यससँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १११ पुगेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया