×

उपत्यकामा थपियो जेठ १३ गतेसम्म निषेधाज्ञा

बैशाख २८, २०७८ | दाक्सु मिडिया

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निष्कर्ष निकालेको हो ।

त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: