×

संक्रमणबाट कर्णालीमा ८२ ले गुमाए ज्यान

बैशाख २६, २०७८ | दाक्सु मिडिया

सुर्खेत– कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणबाट ८२ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको छ ।

गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुवातमै यो सङ्ख्या बढेर ८२ पुगेको हो । पहिलो चरणको मृत्यु दर भन्दा अहिलेको मृत्यु दर दुई गुना बढीे रहेको छ।

हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित तीन हजार ८१८ जना रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: