
कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि महँगोमा बेच्न खोजेको आरोपमा गोखरा आरुघाट-४ घर भई हाल काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मिया पक्राउ परेका छन्।
उनले ३५ हजार मूल्य पर्ने ६ थान रेम्डेसिभिरलाई एक लाख २० हजारमा बेच्न प्रयास गरेका थिए। कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले बसुन्धारबाट उनलाई पक्राउ गरेको हो ।
उनले महाराजगन्जस्थित नीलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको खुल्न आएको छ।
प्रहरीले उक्त फर्मालाई सिल गरेर उनीमाथि समेत थप अनुसन्धान गरिरहेको छ । सरकारले कोभिड डेलिकेडेट अस्पतालबाहेक अन्यमा यो औषधि किनबेचमा रोक लगाएको छ । उक्त औषधि कसरी औषधि पसलसम्म पुर्याइयो तथा यस प्रकरणमा अन्य क-कसको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया