×

एकैदिन भारतमा ४ लाख १२ हजार बढी संक्रमित, ३९ सय ८२ को मृत्यु

बैशाख २३, २०७८ | दाक्सु मिडिया

एजेन्सी । कोरोना सङ्क्रमणको दोस्रो लहरको महामारी खेप्दै आएको भारतमा कोरोना भाइरस सङ्क्रमणले नयाँ रेकर्ड बनाएको छ।

दुई दिन लगातार सङ्क्रमितको संख्या घटेपनि आज बढेर फेरी ४ लाख १२ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै हो ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना सङ्क्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमितको मृत्यु दर उकालो लाग्न क्रममा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण त्यँहा मृत्यु हुनेको संख्या २ लाख ३० हजार १५१ पुगेको हो।

यसकासाथै भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने अब सक्रिय सङ्क्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: