एजेन्सी । कोरोनाभाइरसको दोस्रो लहरका कारण भारतको स्वास्थ्य ब्यवस्थापन अस्तब्यस्त बनेको छ । त्यहाँ संक्रमण र मृत्यु दर तीव्र भइरहेको बीचमा अर्को डरलाग्दो समाचार आएको छ ।
भारतको आन्ध्र प्रदेशमा कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । यसलाई एपी स्ट्रेन नाम दिइएको छ । यसलाई त्यहाँको सेन्टर फर सेल्यूलर एन्ड मलिक्युलर बायोलोजीले एन ४४० के पनि नाम दिएको छ ।
कोरोनाको यो स्ट्रेन यस अघिकोभन्दा १५ गुणा बढी खतरनाक भएको कारण यसले संक्रमित बिरामीलाई ३/४ दिनमै हाइपोक्सिया या डिस्पनियाको शिकार बनाउँछ । अर्थात संक्रमित बिरामीको शरीरको अक्सिजन ३/४ दिनमै अत्यन्तै न्युन बनाउँछ ।
यस अवस्थामा फोक्सोले काम गर्न छाड्छ । यो अवस्था भनेको अत्यन्तै चिन्ताजनक अवस्था हो । यस बेला बिरामीलाई उचित उपचार गर्न नसके बिरामीको मृत्यु निश्चित हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया