काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा बढ्दो कोरोना संक्रमणको असरले रोकावट ल्याएको छ ।
चेन्नई सुपरकिंग्सका बलिङ कोच लक्ष्मीपति बालाजी र टिमका अन्य स्टाफलाई कोरोना संक्रमण भएपछि बुधबार हुने चेन्नईको खेल स्थगित भएको छ । चेन्नई र राजस्थान रोयल्सबीचको खेल बुधबार खेल्ने तालिका भएतापनि सङ्क्रमणका कारण स्थगित भएको हो ।
मे २ मा गरिएको परिक्षणमा बालाजीको रिपोर्ट पोजेटिभ आएको चेन्नईले बताएको छ । हाल चेन्नईको पुरै टिम पाँच दिनका लागि आइसोलेसनमा रहेको बताइएको छ ।
त्यस्तै आज हुने मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल भने यथावत नै छ।
यसअघि सोमबार हुने भनिएको कोलकोता नाइटराइडर्स र रोयल च्यालेनाजर्स बैंगलोरबीचको खेल पनि कोलकोताका दुई खेलाडी संक्रमित भएपछि स्थगित भएको थियो ।
भारतीय मिडियाहरुले उल्लेख गरे अनुसार आइपिएलको कडा बायो बबलमा पनि खेलाडी र अफिसियल संक्रमित भएका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइपिएलका बाँकी खेल मुम्बईमा मात्र खेलाउने तयारी गरेको छ । हाल आइपिएल मुम्बई सहित कोलकोता, दिल्ली, अहमदावाद, बैंगलुरु र चेन्नईमा भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया