×

जापानको कान्साई क्षेत्रमा बढ्दो सङ्क्रमितको उपचारका लागि बेड अभाव

बैशाख २१, २०७८ | दाक्सु मिडिया

जापान । जापानको कान्साई क्षेत्रमा कोरोना संक्रमितको संख्या नियन्त्रण बाहिर गैरहेको अवस्थामा उपचारका लागि बेड अभाव हुन थालेको छ। यहि कुरालाई ध्यानमा राखी अधिकारीहरुले संकटकालीन स्थिति नजिक रहेको चेतावनी दिएका छन् ।

कान्साई क्षेत्र अन्तरगत पर्ने ओसाका, क्योतो, ह्योगो, नारा, सिगा र वाखायामा सोमबार एकैदिन १ हजार ४ सय ३४ जना संक्रमित थपिएका छन् । सोमबारको तथ्यांक अनुसार ओसाकामा ८४७, ह्योगोमा ३४४, क्योतोमा १२१, नारामा ७०, सिगामा ३७ र वाखायामामा १५ जना गरि १ हजार ४ सय ३४ जना नया संक्रमित थपिएका हुन् भने ओसाका १९, वाखायामा ४ र ह्योगोमा २ गरि २५ जनाको मृत्यु भएको छ ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितलाई मात्रै अस्पतालमा भर्ना गर्दा पनि ह्योगो प्रिफेक्चरमा २० प्रतिशत मात्रै बेड बाँकी रहेको एन एच के ले ९ जापानको सरकारी संचार सस्थाले जनाएको छ । सोमबार सम्मको आंकडा अनुसार ओसाकामा सामान्य र मध्यम प्रकृतिका ६८ जना संक्रमितलाई छुट्टै ब्यबस्था गरि उपचार गराउदा पनि ९९।७ प्रतिशत बेड प्रयोगमा रहेका छन्। ओसाका, क्योतो र ह्योगो आपतकाल घोषणा गरिएका क्षेत्र हुन् । आपतकाल लगाउदा पनि संक्रमण नियन्त्रण बाहिर जान थाले पछि आपतकालको अवधि केहि समय लम्बिने सम्भावाना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: