×

भारतमा संक्रमितको संख्या झण्डै २ करोड पुग्यो, दुई लाख अठार हजार ९४५जनाको मृत्यु

बैशाख २०, २०७८ | दाक्सु मिडिया

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम तिव्र रुपमा जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ कोरोना संक्रमित थपिनुका साथ साथै मृत्यु दर पनि निकै उच्च पाइएको छ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ४२२ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।

त्यस्तै कुल मृतकको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख १९ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: