×

मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीद्वारा घोषणा

बैशाख १८, २०७८ | दाक्सु मिडिया

काठमाडौं–  १३२औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि नै लागू हुने गरी १५ हजार पुर्‍याइने घोषणा गरेका छन्।

उनले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरि आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका हुन् ।

दैनिक पारिश्रमिक ५ सय १७ बाट बढाएर ५ सय ७७ र प्रतिघण्टा पारिश्रमिक रू ६९ बाट ७७ पुर्‍याइने घोषणा पनि गरे ।

श्रमिक क्षेत्रको कानूनी विभेदलाई पनि अन्त्य गरिएको प्रधानमन्त्री ओलीको दाबी थियो । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि सम्बन्धित देशसँग श्रमसम्झौता गरिएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगायतका व्यवस्था देशभित्र गरिएकोले मजदुरको सुरक्षा भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया