एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाको संक्रमण र मृत्यु दर झनै उच्च बिन्दुमा पुगेको छ । जसअनुसार कोरोना संक्रमणका कारण एकै दिनमा ३ हजार ५०१ जनाले ज्यान गुमाएका छन्।
हालसम्म त्यहाँ मृत्यु हुनेको कुल संख्या २ लाख ८ हजार ३१३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टमा ३ लाख ८६ हजार ८२९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने संक्रमितहरुको कुल संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ नाघेको छ ।
एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै हो । सङ्क्रमितको दर बढे सङ्गै अस्पतालमा भर्ना हुने दर पनि बढेको छ। जसका कारण अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको निकै अभाव भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया