×

संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको सङ्ख्या दुई लाख बढी

बैशाख १५, २०७८ | दाक्सु मिडिया

नयाँ दिल्ली– भारतमा कोरोना भाइरसको प्रकोप दिनानुदिन तिब्र रुपमा बढी रहेको छ ।

भारतमा संक्रमणको गति बढिरहँदा ज्यान गुमाउनेहरुको संख्या दुई लाख बढी नाघेको छ ।

वर्ल्डोमीटरका अनुसार भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार २ सय ८५ जनाको मृत्यु भएको छ ।योसंगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको हो।

राजधानी दिल्ली तथा महाराष्ट्रमा कोरोनाको प्रकोप अत्यधिक रहेको छ। त्यहाँ मंगलबार मात्रै एकै दिन सबैभन्दा बढी निधन भएको तथ्यांक छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ३ सय ८१ जनाले ज्यान गुमाए ।

महाराष्ट्रको स्थिति अझै भयावह छ ।त्यहाँ मंगलबार कोरोनाका कारण ८ सय ९५ जनाको निधन भयो ।२४ घण्टामा ६६ हजार ३ सय ५८ नयाँ संक्रमित थपिए ।त्यहाँको कोरोनाका कारण मृत्युदर १ दशमलव ५ प्रतिशत पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: