काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनले सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
संसद अधिवेशन चलिरहेका बेला प्रधानमन्त्री ओलीले आवश्यक केही विशेष निर्णय लिनुअघि सबैको सुझाव र सल्लाहका लागि सर्वदलीय बैठक बोलाएका एक नेताले बताए । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर बैठकको निम्ता दिएका छन् । ललितपुरको एउटा कार्यक्रममा प्रचण्डले आफूलाई ओलीले धेरैपछि फोन गरेको बताएका थिए ।
कार्यक्रमबाट बाहिरिएपछि ओली र प्रचण्डको फोनमा नै कुरा भएको छ । फोनमा ओलीले भोली सबै विषयमा छलफल गर्ने भएकाले प्रचण्डलाई आउन आग्रह गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया