×

ओखलढुङ्गामा चट्याङ परेर गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर आगलागी

बैशाख ३, २०७८ | दाक्सु मिडिया

काठमाडौं – गएराति चट्याङ परेर ओखलढुङ्गा लिखु गाउँपालिका–८ स्थित पालिका अध्यक्ष गोविन्द बहादुर पौडेल र लिखु–८ का वडाध्यक्ष विशाल पौडेलको घर आगलागी भएको छ।

राति १ बजेबाट सुरु भएको आगलागी शुक्रबार बिहान नियन्त्रणमा आएको गायँपालिका अध्यक्ष पौडेलले अनलाइनन्यूज७ लाई बताए। ‘मानवीय क्षति हुन पाएन, त्यही ठूलो कुरा हो,’ उनले भने।

दुवै घरमा मान्छे सुतेपनि चट्याङबाट जोगिएको पौडेलले बताए। ‘भाई (वडाध्यक्ष) र बुहारी घरको वल्लो छेउमा सुतेका रहेछन्। त्यस्तै मेरो घरमा आमाबुबा बाहिर सुत्नुभएको रहेछ,’ उनले भने, ‘चट्याङ घरको बीच भागका परेको रहेछ। त्यसैले मानवीय क्षति हुन पाएन।’

घरमा रहेको सम्पूर्ण सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको अध्यक्ष पौडेलले जानकारी दिए। ‘के कति सामान जल्यो भनेर एकीन विवरण छैन्,’ उनले भने, ‘घरको प्रत्येक कोठामा २/२ वटा खाट थियो। लत्ताकपडा, अन्नपात, घरखर्च राखिएको पैसालगायत सबै जलेको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: