अमेरिका– पछिल्लो समयमा बढ्दै गएको कोरोना संक्रमणका बीच अमेरिकाको सीडीसी र एफडीएले जोनसन एण्ड जोनसनको भ्याक्सिनलाई केही समयका लागि निलम्बन गरेका छन् । उक्त खोप प्रयोग गरेपछि केही मानिसहरुमा रगत जम्ने लक्षण देखिएको भन्दै छानबिनका लागि निलम्बन गरिएको हो ।
अमेरिकामा जोनसन एण्ड जोनसनले सवैभन्दा अन्तिममा अनुमति पाएको थियो । कोरोना विरुद्धको सवैभन्दा पहिलो खोप निकाल्ने फाइजर र दोश्रो खोप निकाल्ने मोडर्नाको खोप भने निरन्तर रहिरहनेछन् ।
जोनसन एण्ड जोनसनको पछिल्लो उत्पादनहरु विग्रिएको र अन्य उत्पादनको केमिकलहरुसँग मिसिएको जस्ता समाचार लगातार आइरहँदा यसको विश्वसनीयतामा समेत प्रश्न उठ्दै गएको थियो । यो खोप लिएका केही मानिसहरुमा गम्भीर रियाक्सनहरु देखा परेपछि कतिपय खोप केन्द्रहरुले खोप दिननै स्थगन गर्दै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया