आजको मौसम:सामान्य बदलि भइ वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २७

काठमाडौं – स्थानीय, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायु मण्डलीय न्युन चापीय प्रणालीको असरले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यिनै प्रणालीको कारण दिउँसो प्रदेश १ को पहाडी भेगका केही स्थानमा पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका पश्चिमी, मध्य पहाडी तथा तराईका विभिन्न स्थानहरुमा लागेको तुँवालो कायमै रहनेछ। आज पनि ठूलो वर्षा र हावाहुरीको सम्भावना न्युन रहेकाले तत्काल तुँवालो नहट्ने जनाइएको छ।

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ११ दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० देखि ३२ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *