×

९५ लाख बराबरको सामान चोरी गर्ने पक्राउ

चैत्र २६, २०७७ | दाक्सु मिडिया

ललितपुर – ललितपुरमा ९५ लाख भन्दा बढी मूल्य बराबरको सामान चोरी भएको छ । ललितपुरको हरिसिद्धिबाट गत चैत २३ गते सुटकेश, ब्याग र ल्यापटपको झोला चोरी भएको हो ।

अनिरुद्र टिवरेवालले सञ्चालन गरेको अर्वन ओएसिस इन्टरप्राइजेजबाट अमेरिकन टुरिस्टर, सामसोनाइट र कामिलियन्ट ब्राण्डका सुटेकश चोरी भएको थियो ।

चोरीमा संलग्न ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी ले बताएका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भएका यमकुमार श्रेष्ठ, रामेछापका प्रदिप गौतम, सुनसरीका महेश अधिकारी, धनकुटाका दिपक खड्का र नविन अधिकारी छन् ।

सुनसरीको माता नगरपालिका–६ घर भई काठमाडौं बस्ने महेश अधिकारी अर्वन ओएसिस इन्टरप्राइजेजका पूर्व कर्मचारी हुन् । उनको योजनामा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

सिसिटिभी फुटेज लगायत प्राविधिको अनुसन्धान गरेर प्रहरीले चोरीमा संलग्न आरोपीलाई नरेफाँट र जडिबुटीबाट पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: