काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह विहीबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
नयाँ दिल्लीमा उनीहरूको उच्चस्तरीय स्वागत भएको छ। हरिद्वारमा लागेको कुम्भ मेलाको प्रमुख आतिथ्यका लागि पूर्वराजा नयाँ दिल्ली पुगेका हुन्।
शुक्रबार उत्तराखण्डका मुख्यमन्त्रीले हरिद्वारमा उनलाई स्वागत गर्नेछन्। दिल्लीमा केही उच्चस्तरीय वार्ता समेत हुने बताइएको छ।
प्रत्येक १२–१२ वर्षमा लाग्ने प्रख्यात कुम्भमेलामा ज्ञानेन्द्रले शाहीस्नान गर्नेछन्। पूर्वराजा ज्ञानेन्द्रको लागि भारतको केन्द्र सरकार, उत्तरप्रदेश तथा उत्तराखण्ड सरकारको कडा सुरक्षा रहनेछ।
उनलाई केदारनाथका पिठाधीश र विभिन्न सन्त तथा महन्तका साथै सत्तारुढ भारतीय जनता पार्टीसँग आबद्ध आरएसएसका पदाधिकारीले स्वागत गर्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया