नेपाली कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गर्दै प्रदेश १ सरकार

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १९

विराटनगर – प्रदेश १ मा नेपाली कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी र व्यवहारिक पक्षको अध्यायन गरिने भएको छ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले आवश्यकताअनुसारको कानून निर्माणमा जोड दिने बताउँदै  ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को अवधारणाअनुसार नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यावहारिक पक्षको अध्ययन गरी लागू गरिने बताएकी  हुन् ।

स्थानीय स्थरमा उत्पादिन कोदोबाट गाउँ गाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यवसायिक रुपमा बिक्री खुला गर्ने विषयमा प्रदेश सरकारले चासो दिएको हो।

मन्त्री राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने पनि बताएकी छन् ।

उनले आज मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा सङ्घीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई निरन्तरता दिने बताईन् ।

मन्त्री राईले प्रदेश मातहतका सम्पूर्ण अस्पताललाई कम्तीमा ५० श्ययामा सत्तरोन्नति गरी दरबन्दी संरचना थप गरिने उल्लेख गर्दै शिक्षामा सरकारले गरेको लगानीअनुसारको परिणाम प्राप्त गर्न विज्ञको अध्ययन टोलीले सिफारिस गरेअनुसार गर्नुपर्ने कामको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारमा विशेष ध्यान दिने भन्दै युवा खेलकूद, भाषा संस्कृति, श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने बताईन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *