काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैंयाले बढेको हो ।
बढेर आज तोलाको ८६ हजार १०० रुपैैयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८५ हजार ६५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया