×

देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रणबाहिर

चैत्र १८, २०७७ | दाक्सु मिडिया

काठमाडौं – हाल देशका ८१ स्थानमा लागेको डढेलो नियन्त्रणमा आउन सकिरहेको छैन ।

चैत्र १३ गते देखि सुरु भएको डढेलो हाल ८१ स्थानमा लागिरहेको वन मन्त्रालयले जनाएको छ । विभिन्न स्थानमा लागेको डढेलो मानववस्ती समेत सल्कने खतरा बढेको भन्दै सतर्कता अपनाउन मन्त्रालयले सर्वसाधारणमा अपील गरेको छ ।

पानी नपरि डढेलो अझै नियन्त्रणमा नआए नजिकका मानववस्ती समेत खतरामा रहेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले बताए । डढेलो नियन्त्रणमा लिन सकस भएको लम्सालको भनाई छ । सीमित श्रोत साधनका कारण डढेलो नियन्त्रण गर्न चुनौती रहेको पनि उनले बताए ।

भौगोलिक कठिनाइका कारण डढेलो नियन्त्रणका लागि चुनौति रहेको बताउदै बर्षाको आशाको विकल्प नरहेको उहाँको भनाइ छ । सुख्खायाम अझै लम्बिने हुँदा चुनौती थप बढ्ने खतरा रहेको छ ।

देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदुषण उच्च बनेको छ । वायु प्रदुषणले स्वास्थ्य जोखिम बढेपछि सरकारले बुधवारदेखि चार दिनका लागि शैक्षिक संस्थाहरुलाई विदा दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: