×

ललितपुरबाट सुरु भएकाे ‘चिसो मान्छे’ को यात्रा सकियो बझाङमा

चैत्र १७, २०७७ | दाक्सु मिडिया

काठमाडौं – चलचित्र ‘चिसो मान्छे’ को सम्पूर्ण छायांकन सकिएको छ । फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु गरिएको चलचित्रको छायांकन २७ दिनमा सकिएको हो ।

दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म ‘चिसो मान्छे’ को छायांकन गएको शनिवार बझाङ पुगेर सकिएको जनाइएको छ। यस चलचित्रमा अभिनेता अर्पण थापा र अभिनत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

चलचित्रलाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यस चलचित्रमा अर्पण र स्वस्तिमासँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रदर्शन मिति भदौ ११ गतेलाई तोकिएको चलचित्रको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल आफैले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: