काठमाडौं – कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएका थुनुवा बलम्बुस्थित सशस्त्र प्रहरी बलको एपिएफ अस्पतालबाट भागेका छन् । लागुऔषध मुद्दामा महानगरीय प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेका भारतीय नागरिक उपेन्द्र कुशवाहा भागेका हुन् ।
शौचालय जाने बहानामा भेन्टिलेटर तोडेर उनी भागेका हुन् । उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । उपेन्द्रलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पाँच दिनअघि लागुऔषध सहित पक्राउ गरेको थियो । उनको साथबाट फेनारगन २ सय एम्पुल, सोहि परिमाणमा डाईजेपाम र बुप्रेनोर्फिन बरामद गरिएको थियो । उनी कलंकीस्थित मैत्रिनगरमा बस्दै आएका थिए । ड्युटीमा लापरवाही गर्ने सशस्त्र प्रहरी र वृत्त थानकोटका प्रहरीलाई पनि कारवाही गर्ने तयारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया