
जनकपुरधाम – महोत्तरीको झा दम्पती हत्या प्रकरणमा संलग्न भएको आशंकामा थप तीन जना प्रक्राउ परेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंका तिनीहरु माथि छ ।
पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनी तीनैजना झा दम्पतीको नातेदार नै भएको प्रहरीले जनाएको छ । अनुसन्धनका क्रममा संलग्नता देखिएकाले उनी तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुईदिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टम पश्चात् दाहसंस्कार गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया