×

बुधबार देखी पठाओ राइडरले ज्याकेट र ट्राउजर लगाउन नपाईने (विज्ञप्ती सहित)

चैत्र १०, २०७७ | दाक्सु मिडिया

काठमाडौं – बुधबार देखी पठाओ राइडरले ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाईने भएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकरी दिए ।

‘अब बुधबारदेखि पठओ राइडरले पठओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्, लगाए कारबाही हुन्छ,’ प्रवक्ता अधिकारीले भने । पठाओ सञ्चालनमा रोक लगाउने विषय भने सत्य नभएको उनको भनाइ छ ।

राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालले जनाएको छ । पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याइएको पठोओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् ।

हेर्नुहोस् विज्ञप्ति :

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: