एजेन्सी – भारतको तेलंगनामा एक कबड्डी च्याम्पियनसिपमा रंगशालाको ग्यालरी खण्ड खस्दा दर्शकहरू घाइते भएका छन्।
घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको समाचार एजेन्सीहरूले जनाएका छन्। सोमबार भारतको ४७ औं राष्ट्रिय जुनियर कबड्डी च्याम्पियनसिपको उद्घाटन खेलमा दर्शकहरूले खचाखच ग्यालरी खसेको हो।
घटनाबाट खेलाडी र रेफ्रीहरूलाई भने कुनै चोटपटक नलागेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया