काक्स– बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ ।आगलागीमा केहीको मृत्यु भएका आशंका गरिए पनि आधिकारिक रुपमा पुष्टि भएको छैन ।
बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका र काठको रहेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको थियो । ११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो ।
म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए । यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राखिएको छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया