काठमाडौँ – काठमाडौँको बसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरुआत गरिएको छ । फागुपूर्णिमाको एक साता अघि अर्थात अष्ठमीका दिन चीरोत्थान गरिन्छ । विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरुआत भएको मानिन्छ ।
आइतबार स्थानीय बासिन्दाले विधिपूर्वक वसन्तपुरमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका हुन् । वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व मनाउन थालिएको छ । आज ठड्याएको चीरलाई फागुपूर्णिमाका दिन विसर्जन गरेर होली पर्वको समापन गरिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया