काठमाडौं – अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ सुरु हुदै छ।चैत १५ गतेबाट सुरु हुन लागेको उक्त सो अन्तर्राष्ट्रिय स्तरको हुने जाने जानकारी आएको छ।सहभागिताका लागि उमेर १६ देखि २५ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई भन्दा माथि तोकिएको छ ।
कुमारीपाटीको एक क्याफेमा पत्रकार सम्मेलन गरि शुक्रबार यस ‘सो’ को घोषणा गरिएको हो । आवेदनका लागि फारम आजैबाट खुला गरिएको टिमले बताएका छन् ।चैत २५ गतेबाट तालिम शुरु हुनुका साथै ग्र्यान्ड फिनाले २०७८ बैशाख २५ गते शनिबार राष्ट्रिया नाचघरमा सम्पन्न हुनेछ ।
‘सो’ मा विजेताहरुलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिने, भने फस्ट रनरअपलाई नगद रु पच्चिस हजार र सिल्भर क्राउनका साथै विभिन्न गिफ्ट ह्याम्परहरु सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद, सिल्भर क्राउन र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक टिमले बताएका छन् ।
आवेदनका लागि अधिरा फिल्मस प्रा.लि.को अफिस कुमारीपाटीमा सम्पर्क गर्न सकिनेछ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्