काठमाडौँ – सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ’बी’ मा रहेका चर्च र स्वयम्भुबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । आज चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
यस्तै दोस्रो खेलमा झापा एफसी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
झापा र समाजबीचको खेल दिउसो ३ बजे सुरु हुनेछ । झापा पहिलो जितको खोजीमा रहेको छ । समाज कल्याण भने तेस्रो जितको खोजीमा रहेको छ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया