
काठमाठाडौँ – सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर युथ क्लब र वीरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ’ए’ मा रहेका महाबिर र विरगंजबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा वीरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडबीच खेल हुनेछ । समूह ’बी’ मा रहेको विरगंज र प्लानिङबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया