काठमाडौं -‘सपनाको चाहाना समृद्ध नेपाल’ संस्थाकि सञ्चालक सपना रोका मगरले आज ५ वटा ठूलो मान्छे र ३ वटा नवजात शिशुको शवलाई जलाएकी छे।पशुपति आर्यघाटबाट उनले आफ्नो फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गरेकी थिइन् ।
विगत १ वर्ष देखि वेवारिसे लासहरुको सदगत गर्दै आएकी सपना रोका मगर केही समय अगाडि विभिन्न विवादमा पनि तानिएकी थिइन् । बिनय जङ्ग बस्नेतलाई अभद्र व्यवहारमा मुद्दा समेत हालेकी मगर हाल ११ कक्षामा भर्ना भएकी छिन् । लास जलाउने क्रममा पशुपति आर्यघाटमा झडप समेत भएको प्रत्यक्षदर्शिको भनाई रहेको छ ।
१९ वर्षिय सपना रोका मगरको चाहाना भने कोही पनि वेवारिसे भएर मर्नु नपरोस् भन्ने रहेको छ ।आफू सधै भरि समाजसेवामा नै लाग्ने उनले बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया