काठमाडौँ – गत फागुन आठ गते प्रधानमन्त्री बिराटनगर गएका थिए। त्यहाको एक सभामा उनले खुवालुङ ढुंगाको कुरा उठाएका हुन्। विराटनगरमा आयोजित एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताए ।उनको त्यो अभिव्यक्तिले किरात समुदायमा केहबेरमै तरङ्ग फैलियो।
तत्कालै किराँती समुदायले ‘खुवालुङ’ आफ्नो आस्थाको केन्द्र भएकाले भत्काउन नमिल्ने बताउँदै प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाए । यसपछि सप्तकोशी नदीको यो खुवालुङ भत्काउने र भत्काउन नमिल्ने विषयमा भिन्नभिन्न विचारहरू सार्वजनिक भइरहेका छन् ।
यहीबीचमा अभियन्ता तथा संस्कृतिकर्मीहरूले ‘खुवालुङ बचाउ आन्दोलन’ शुरू गरेका छन् । जसअनुसार फागुन २४ गते कोशी चतरा-पुलमा खुवालुङ क्षेत्र संरक्षण समिति, बृहत् नागरिक आन्दोलन तथा आदिवासी जनजाति साहित्यकार महासंघसहितको संयुक्त मोर्चाले प्रदर्शन गर्यो ।
प्रदर्शनमा बोल्दै लेखक एवं अभियन्ता राजन मुकारुङले राज्यले खुवालुङलाई ढुंगा मात्र सम्झे गलत हुने बताउँदै सरकारी तयारीको भत्र्सना गरे । ‘हामीसँग पनि विकास र समृद्धिको योजना छ तर खुवालुङ हाम्रो आस्थाको केन्द्र हो । संस्कृति मासेर गरिने विकास हामीलाई मान्य छैन’, मुकारुङले भने ।यो ढुंगा फुटाउनु हुदैन र यसमा किराती समुदाएको अस्तितो रहेको बताउछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया