×

अब कुवेत जान पाइने,नेपालसहित ८ देशले प्रवेश गर्न पाउने

चैत्र ५, २०७७ | दाक्सु मिडिया

काठमाडौँ – कोरोना महामारीका करण कुवेतले लामो समयदेखि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अब नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने जनाइएको छ ।

प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै अब आगामी मार्च २५ तारिखदेखि नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतका विदेशी श्रमिकहरुले सिधै कुवेत प्रवेशको अनुमति पाउने भएका हुन् ।

कुवेत प्रवेश गर्नु अघि कोरोना पीसीआर परिक्षण गरेको हुनुपर्ने तथा रिपोर्टमा नेगेटिभ आएको ७२ घण्टा भित्रमा कुवेत प्रवेश गरिसक्नु पर्ने जनाइएको छ । पीसीआर रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिमा पनि ज्वरो, रूघाखोकी जस्ता लक्षणहरू नदेखिएको हुनुपर्ने अरब टाइम्सले जनाएको छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित सबै एयरलाइन्सलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर प्रमाणपत्र प्रमाणित गर्नका लागि सर्कुलर जारी गरिएको नागरिक उड्डयनका उपाध्यक्ष इन्जी सालेह अल–फदागीले बताएका छन् । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: