×

मौसम : पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

फाल्गुन २७, २०७७ | दाक्सु मिडिया

काठमाडौँ – मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बिहीबार राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: