काठमाडौँ : माल्दिभ्समा नागरिकको घरघरमा नै पुगेर कोरोना विरुद्धको खोप दिइने भएको छ । कोरोना महामारी प्रभावित क्षेत्र तथा घरभन्दा टाढा पुगेर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर घरघरमै पुगेर खोप उपलब्ध गराउने तयारी गरिएको माल्दिभ्सका शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।
लक्षित समुदायलाई मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् ।
सरकारको अभियानलाई सफल पार्न र खोप लगाउन नागरिकलाई आवश्यक जानकारी दिन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ । खोप लगाएपछि हुने सम्भावित समस्यालाई ध्यानमा राखेर एम्बुलेन्समार्फत आकस्मिक सेवा समेत दिने गरी तयारी गरिएको बताइएको छ ।
माल्दिभ्समा फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सुरु भएको हो । माल्दिभ्समा अहिलेसम्म प्राथमिकतामा परेका ४३ हजार ८ सय १७ जनाले खोप लगाएका छन् । खोप लगाएका धेरैजसो राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन् । –एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया