काठमाडौं : सुपर कपको उपाधि एथलेटिक विल्बाओले जितेको छ ।
गएराति भएको खेलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि हात पारेको हो ।
एथलेटिक जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले १-१ गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए । निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २–२ गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो ।
एथलेटिकले खेलको ९० मिनेटमा गोल गर्दै बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसपछि खेलको ९३ औ मिनेटमा एथलेटिकले गोल गर्दै अग्रता बनाएर खेल जितेको थियो । खेलको १२१ औ मिनेटमा बार्सिलोनाका लियोनेल मेसीले रातो कार्ड पाएका थिए । मेसीले बार्सिलोनाको क्यारियरमा पहिलो रातो कार्ड पाएका हुन् । बार्सिलोनाका लागि ७५३ खेल खेलेका मेसीले पहिलो पटक रातो कार्ड पाए ।
त्यस्तै मेसीले अर्जेन्टिनाबाट खेल्दा भने र्२ पटक रातो कार्ड पाएका थिए । एथलेटिक बिल्बाओले योसँगै तेस्रो पटक सुपर कप जितेको छ । यस अघि बिल्बाओले सन १९८४ र २०१५ मा उपाधि जितेको थियो । सुपर कोपको उपाधि सबैभन्दा धेरै १३ पटक बार्सिलोनाले जितेको छ भने रियल म्याड्रिडले ११ पटक जितेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया