×

काठमाडौंको विभिन्न स्थानमा आज पनि विद्युत आपूर्ति बन्द

माघ १०, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं : आज पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज पनि काठमाडौँ र भक्तपुरका केही स्थानमा विद्युत कटौती गर्दैछ ।

मर्मतको काम गर्नुपर्ने भएकोले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको बासबारी फिडरमा पर्ने कपनमार्गमा ट्रान्सफरमर मर्मत हुने भएकाले बिहान १० बजेदेखि १२ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

उक्त अवधिमा सो वितरण केन्द्र अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट तथा गंगालाल क्षेत्रमा विद्युत कटौती हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: