
२१ असार, काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गरेका छन्। छानबिनको माग गर्दै उनीहरुले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेकाले प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका हुन् ।
राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।
असार ११ गते बिहान ६ बजे साथीको घर जान भनेर हिँडेकी र सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेकी सुजिताको शव जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ देखेका थिए। शव गलेको अवस्थामा फेला परेको थियो ।
वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया