☰ open
×

सप्तरी र संखुवासभामा भेटिए दुई लास

बैशाख १४, २०७८

काठमाडौं । संखुवासभा र सप्तरीमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको कंकालिनी नगरपालिका–१, कोसी ब्यारेजस्थित दाहसंकार गर्ने ठाउँनजिकै नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष को लास फेला परेको प्रहरीले जनाएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका–९, लसुने बस्ने ६० वर्षीया लिमवुटी शेर्पा आफ्नै घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेकी छन् । यही वैशाख ७ गतेदेखि घरबाट हराएकोले खोजी गर्नेक्रममा उक्त बारीमा उनको शव फेला परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: