
९ असार, काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ ।
दक्षिणकालीको ट्वाइलेटबाट आज बिहान उनको शव प्रहरीले बरामद गरेको हो । उक्त शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भनेर पुष्टि भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले भएको बताए।
टाउकोमा गह्रुंगो वस्तुले हिर्काइएको र अनुहार पनि क्षतविक्षत भएको उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङकाले जनाए। घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।
प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया