
मोरङ — ‘रेम्डेसिभिर’ भनि नक्कली औषधिको कारोबार गरेको आरोपमा प्रहरीले हिजो विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ ।
नोबेल अस्पताल अगाडिको साथी मेडिकलका सञ्चालक विराटनगर १० का सोनु आलम र विराटनगर–१६ रानीका श्रवणकुमार यादव पक्राउ परेका छन् । यो औषधी कोरोना संक्रमित सिकिस्त बिरामीका लागि प्रयोग हुँदै आएको औषधि हो ।
‘स्टासेफ’ नामक औषधिमा रेम्डेसिभिरको स्टिकर टाँसेर बिक्रीवितरण गर्दै आएको सूचनाका प्राप्त भएको आधारमा साथी मेडिकलमा खानतलासी गरीएको मोरङका डीएसपी मानबहादुर राईले बताए ।
खानतलासीका क्रममा स्टासेफ ४ बट्टा र रेम्डेसिभिरको स्टिकर लागेको १ बट्टा बरामद भएको छ । ‘आलमले ९० रुपैयाँ किनेको स्टासेफमा रेम्डेसिभिरको स्टिकर लगाएर ८ हजारसम्ममा बिक्री गर्दै आएको खुलेको छ,’ डीएसपी राईले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया