
सोलुखुम्बु -हिमाल क्षेत्रमा पाइने रेड पाण्डाको तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिमाल भेगमा पाइने रेड पाण्डा सिकार गर्ने महाकुलुङ गाउपालिकाबाट ३ जनालाई पक्राउ गरिएको हो ।रेड पाण्डा नेपालको एक दुर्लभ जनावर हो।प्रहरीले ३ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेका छन् ।
पक्राउ पर्नेमा महाकुलुङ २ मा बस्ने ७६ वर्षिय जगतबहादुर राई,वडा न ३ मा बस्ने ५७ वर्षिय मितुरधन राई , र वडा न ३ मा बस्ने ५६ वर्षिय कविर शंखर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मन्दिव चौहानले बताएका छन् ।पक्राउ पर्नेको साथमा ७ थान रेड पाण्डाको छाला र ५ थान पासो बरामद गरिएको हो ।
चैतको दोस्रो सातामा पक्राउ गरिएका अभियुक्तहरुलाइ कारबाहीको लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज पठाइने बताएका छन् ।
पक्राउ परेका अभियुक्तहरुलाइ ऐन २०२९ अनुसार ५ देखि १० लाखसम्म जरिवाना अथवा ५ देखि १५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।निजहरुले चाइना र बर्मासम्म रेड पाण्डाको छाला तस्करी गरेको फेला परेको डिएसपि कटवालको भनाइ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया