
१६जेठ, काठमाडौं। भियतनामका स्वास्थ्यमन्त्रीले बताए अनुसार भारत र बेलायतमा फेला परेका कोरोना भाइरसको मिश्रणयुक्त नयाँ भेरियन्ट त्यहाँका फेला परेको छ।
यो हाइब्रिड भेरियन्ट अत्यन्त खतरनाक रहेको पनि उनले जनाए। यो नयाँ भेरियन्ट हावाबाट पनि तीव्र गतीमा फैलिने खालको रहेको उनले सरकारको एक बैठकमा बताएको बीबीसीले जनाएको छ ।
भियतनाममा फेला परेको नयाँ भेरियन्टले मानव स्वास्थ्यमा पुर्याउने असरबारे अध्ययन हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।
भियतनामको नयाँ भेरियन्टको नाम भने राखिएको छैन । हालसम्म जुन देशमा फेला पर्यो त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म चारवटा भेरियन्ट (भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिल)लाई मात्र पुष्टि गरेको छ । भियतनाममा फेला परेको भनिएको नयाँ भेरियन्टबारे डब्ल्यूएचओका अधिकारीहरुको टिप्पणी सार्वजनिक भएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया