☰ open
×

धादिङमा गएको पहिरोमा पाँचवटा गाडी पुरिँदा २ जनाको मृत्यु, ६ जना घाइते

असार १९, २०७८

१९ असार, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरो गएको छ। उक्त पहिरोमा पाँच वटा सवारी साधन पुरिएका कारण दुई जनाको मृत्यु भएको छ र अन्य ६ जना घाइते भएका छन् ।

मृत्युहुनेहरुमा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टरले बताए अनुसार सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको र प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: