
जन्ती बोकेर कञ्चनपुरबाट बैतडी जाँदै गरेको जिप दुर्घटनामा परेको छ।
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना हुँदा बेहुला बेहुली सहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान जारी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया