एक साताको अवधिमा उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन
जेष्ठ १८, २०७८
काठमाडौं । उपचारमा लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सरकारले सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।
बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा उल्लेखित छ।
गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ । त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया